कांग्रेससँग इतिहासको विरासतमात्र होइन भविष्य हाँक्ने क्षमता पनि छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेससँग गौरवपूर्ण इतिहासको विरासत मात्र नभएर भविष्य हाक्न सक्ने क्षमता पनि भएको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पोखरामा गरेको कार्यक्रममा नेता सिंहले देशलाई आर्थिक, सामाजिक रूपमा अघि बढाउन सक्ने क्षमता कांग्रेससँगै रहेको बताए । अबको कार्यभार आर्थिक समृद्धि रहेकाले त्यसलाई सम्बोधन गर्न सुदृढ कांग्रेस बनाउनुपर्ने बताए ।
“राजनीतिक नेतृत्व मात्र होइन आउने दिनमा आर्थिक क्रान्तिको नेतृत्व पनि कांग्रेसले गर्नुपर्नेछ,” सिंहले भने, “यसका लागि पार्टीलाई संस्थागत रूपमा चलाउनुपर्ने छ । नेतृत्व र कार्यकर्ताले आफ्नो ऊर्जा संगठन सुदृढ बनाउनका लागि लगाउनुपर्छ । आर्थिक रूपले देशलाई नेतृत्व गर्न सुदृढ कांग्रेस आवश्यक छ ।”
सिंहले पार्टीमा लागेर लाभ लिनेभन्दा देश र समाजका लागि योगदान गर्नसक्ने व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनुपर्ने बताए । कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सिंहले वर्तमान सत्तागठबन्धन परिस्थितिको उपज रहेको बताए ।
तपाईको प्रतिक्रिया