सुदूरपश्चिममा मनाइयो गौरा एकादशी

बुधबार श्रावण २२, २०८२/ Wednesday 08-06-25
Paschim Today

बैतडीः सुदूरपश्चिम प्रदेशमा आज गौरा एकादशी पर्व मनाइएको।

हरेक वर्षको साउन शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको जानकार जयानन्द भट्टले बताए। पहिलो पटक गौराको ब्रत लिने महिलाहरुले अनिवार्य रुपमा गौरा एकादशीको ब्रत बस्नुपर्ने परम्परा छ। गौरा उपासना गर्ने महिलाहरुले मंगलवार ब्रत बसेर साँझको समयमा पूजाआजा गरेका छन्। 

गौरामा दुबधागो धारण गर्ने ब्रतालु महिलाले गौरा एकादशीबाटै गौरा पर्व सुरुवात गर्छन्। गौरा एकादशी र जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने परम्परा नरहेकाले भाद्र शुक्ल अथवा कृष्ण पक्षमा मात्रै गौरा पर्व मनाउने चलन रही आएको भट्टले बताए। यो पर्व सन्तान प्राप्ति, सन्तान सुख, पारिवारिक शान्ति र समृद्धिका लागि मनाउने गरिन्छ।