घट्यो सुनको मूल्य घट्यो

बुधबार श्रावण २२, २०८२/ Wednesday 08-06-25
Paschim Today

काठमाडौं : तोलाको दुई लाख नजिक पुगेको सुनको मूल्य आज एक सय रुपैयाँले घटेको छ। अघिल्लो दिन मंगलबार १९ सयले बढेर तोलाको १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको सुन आज सय रुपैयाँले घटेको हो।

नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ९८ हजार ४०० कायम भएको छ।

सुनको भाउ घटे पनि चाँदीको मूल्य पनि मंगलबारको तुलनामा वृद्धि भएको छ। आज एक तोला चाँदीको मूल्य २ हजार ३०५ रुपैयाँ तोकिएको छ। मंगलबार २ हजार २८० रुपैयाँ पुगेको थियो।