एनपिएल मिनी अक्सनमा १५० खेलाडीले भाग लिने
बुधबार श्रावण २२, २०८२/ Wednesday 08-06-25
Paschim Today

काठ्माण्डौँ – नेपाल प्रिमियर लिग (एनपिएल)को मिनी अक्सनमा १५० खेलाडीले भाग लिने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई सर्टलिस्ट गरेर अक्सनका लागि फाइनल गरिएको हो।
ए क्याटोगोरीमा दुई विकेटकिपरसहित ८ खेलाडी छन्। यो क्याटोगोरीमा अर्जुन साउद, दिलिप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन्।
यस्तै बी क्याटोगोरीमा आकाश त्रिपाठीसहित ३५ र बाँकीलाई सी क्याटोगोरीमा राखिएको छ।
तपाईको प्रतिक्रिया