“बैतडीमा १८ वर्षीय किशोरी मृत फेला”
आइतबार भदौ २२, २०८२/ Sunday 09-07-25
Paschim Today

बैतडी। बैतडीमा एक किशोरी मृत फेला परेकी छिन्।सुर्नया गाउँपालिका-५ मडकी १८ वर्षीय झरना दमाई मृत फेला परेकी हुन्।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार झरना शुक्रबार घरबाट ‘‘बजार जान्छु” भन्दै हिँडेकी थिइन् र त्यसयता बेपत्ता भएकी थिइन।
प्रहरी र स्थानीयको खोजी कार्यका क्रममा पाटन नगरपालिका-६ औजेउडास्थित सुर्नया नदी किनारमा उनको शव फेला परेको छ।घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया