सामाजिक सञ्जालमाथि बन्देजको विरोधमा जेन जी पुस्ता आन्दोलित

भोलि माईतीघरबाट एभरेष्ट होटलसम्म मार्च पास गरिने

आइतबार भदौ २२, २०८२/ Sunday 09-07-25
Paschim Today

काठमाण्डौं, २२ भदौ ।
सरकारले सामाजिक सञ्जालका प्लेट फर्महरुमाथि बन्देज लगाएको विरोधमा जेन जी पुस्ताले सोमवार काठमाण्डौंको माईतीघरमा प्रदर्शन गर्ने भएको छ ।

माइतीघरमा आज बसेको जेन जीका युवाहरुको बैठकले भोलि भदौ २३ गते हुने आन्दोलनको तालिका सार्वजनिक गरेको छ ।

बैठकले सोमवार बिहान नौ बजे माईतघरमा भेला भई एभरेस्ट होटलसम्म मार्चपास गर्ने कार्यक्रम तय गरेको छ ।

आन्दोलनमा कसैले पनि सम्बोधन गर्ने कार्यक्रम भने छैन । यद्यपि २८ वर्षभन्दा कम उमेरका युवाहरुले आन्दोलन केन्द्रित गीत, कविताहरु बाचन गर्न पाउनेछन् ।

सामाजिक सञ्जालमाथि बन्देज लगाएको विरोधमा शुरु भएको जेन जीको आन्दोलनको मूल माग भने बिनासर्त सामाजिक संजाल पुनः सक्रिय बनाइनुपर्नेसंगै पुराना नेताहरुले प्रधानमन्त्री बन्दिनँ भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्ने छ । जेन जी आन्दोलनको माग अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष रुपमा आयुक्त नियुक्ति गर्नुपर्ने छ ।

आन्दोलनलाई काठमाण्डौंका मेयर बालेन साह, विभिन्न दलका नेता, कुलमान घिसिङ लगायत सामाजिक अगुवा र थुप्रै कलाकारहरुले समर्थन गरेका छन् ।