कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा

काठमाडौं । जेनजीको आन्दोलनमा हिजो १९ जनाको मृत्यु भएपछि सरकार छोड्न पर्ने भनेर दबाब बढेको बेला कांग्रेसका मन्त्रीहरु बेग्लै छलफलमा जुटेका छन् । कांग्रेसबाट स्वास्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले कांग्रेसका मन्त्रीहरुले सयुक्त राजीनामा दिने वा के गर्ने भन्ने विषयमा अहिले छलफल भैरहेको बताए ।
कांग्रेसबाट प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू सरकार छन् । सिंह उपप्रधान तथा सहरी विकास मन्त्री हुन् । भने, परराष्ट्र मन्त्री आरजु राणाा देउवा , खेलकुद मन्त्री तेजुलाल चौधरी, कानुन मन्त्री अजय चौरसिया, उर्जा मन्त्री दीपक खड्का, वन मन्त्री ऐनबहादुर शाही, स्वास्थ मन्त्री प्रदीप पौडेल, कृषि मन्त्री रामनाथ अधिकारी र पर्यटन मन्त्री बद्री पाण्डे सरकारमा सहभागी छन् ।
१९ जनाको मृत्यु भएपछि हिजो नै गृहमन्त्रीमा रमेश लेखक राजीनामा दिएका थिए ।
यसैबीच सरकारमा सहभागी नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला पक्षका मन्त्रीहरुलाई राजीनामाको निर्देशन दिइएको छ । सरकारबाट फिर्ता हुन सभापति देउवा नमानेपछि कोइरालाले आफूनिकट मन्त्रीहरुलाई राजीनामा गर्न भनेका हुन् ।
तपाईको प्रतिक्रिया