फरार कैदीलाई सम्पर्कमा आउन प्रशासनको आह्वान
बुधबार भदौ २५, २०८२/ Wednesday 09-10-25
Paschim Today

कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला कारागारबाट फरार भएका कैदीबन्दीलाई सम्पर्कमा आउन आह्वान गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले एक विज्ञप्ति जारी गर्दै मंगलबार जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीलाई कारागार कार्यालय वा नजिकैको सुरक्षा निकायमा सम्पर्क गर्न सूचना जारी गरेका हुन् ।
सम्पर्कमा नआएका कैदीबन्दीविरुद्ध कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।
कञ्चनपुर कारागारबाट ४७९ जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये हालसम्म १७ जना फर्किएका छन् भने २१ जना भाग्न मानेका थिएनन् । फर्किएका मध्ये केही भारतीय नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नियन्त्रणमा लिएर नेपाली पक्षलाई बुझाएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया