विद्युत् बक्यौता बाँकी छैन, तिर्नुपर्नेभन्दा बढी रकम भुक्तानी भएको छ : सूर्य नेपाल

काठमाडौं । सूर्य नेपालले नेपाल विद्युत् प्राधिकरणलाई बक्यौता तिर्न बाँकी नरहेको स्पष्ट पारेको छ । लोडसेडिङको अवधिमा ट्रंकलाइनमार्फत विद्युत् प्रयोगका लागि तिर्नुपर्ने भनिएको अतिरिक्त विद्युत् महसुलसम्बन्धी विभिन्न सामाजिक सञ्जालमा सूर्य नेपाल प्रा.लि.को नाम जोडेर भ्रामक जानकारी प्रसारित भइरहेको भन्दै कम्पनीले आपत्ति जनाएको हो ।
सूर्य नेपालले नेपाल विद्युत् प्राधिकरणको निर्देशनअनुसार उक्त शीर्षकअन्तर्गतका सबै बक्यौता पहिले नै तिरिसकेको स्पष्ट पारेको छ । कम्पनीले विज्ञप्तिमार्फत भनेको छ, “नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ वैशाख २७ को निर्णयअनुसार अतिरिक्त महसुल २०७२ पुसदेखि २०७५ वैशाखसम्म मात्र लागु हुने व्यवस्था छ । हामीले तोकिएभन्दा बढी नै रकम भुक्तानी गरिसकेका छौँ ।”
कम्पनीले सबै प्रचलित कानुन, नियम र नेपाल सरकार तथा सम्बन्धित निकायका निर्देशनहरूको पूर्ण पालना गर्दै आएको दाबी गर्दै, “भ्रामक जानकारी प्रसारण नगर्न सबैलाई अनुरोध गर्दछौँ,” भनेको छ ।
साथै, भ्रामक सामग्रीका कारण कम्पनीको प्रतिष्ठामा असर पर्न सक्ने भन्दै सूर्य नेपालले प्राधिकरणलाई समेत सो विषयमामा स्पष्ट तथ्य सार्वजनिक गर्न आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया