दार्चुलामा पहिरोले विद्यालय भवनमा क्षति
बिहीबार असोज २, २०८२/ Thursday 09-18-25
Paschim Today

दार्चुला : बुधबार राति वर्षासँगै खसेको पहिरोले दार्चुलाको लेकम गाउँपालिका–४ मा रहेको गल्लाकेदार माध्यमिक विद्यालय खरकडाको विद्यालय भवनमा क्षति भएको छ । बुधबार रातिको पहिरोको कारण विद्यालयको २ कोठे भवनमा क्षति पुगेको हो ।
पहिरोले यसअघि कार्यपालिका सञ्चालन गरेको २ काठे जस्तापाताले छाएको भवनमा पूर्ण रुपमा क्षति पुगेको वडा नम्बर-४ का अध्यक्ष महेन्द्रराज जोशीले बताए । पहिरोले विद्यालय भवनको जस्तापाताको छानो, भित्ताहरूसहित कोठा भित्र रहेका कुर्सी, टेबललगायतका शैक्षिक सामग्रीमा समेत क्षति पुगेको छ ।
तपाईको प्रतिक्रिया