परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

सोमबार श्रावण १८, २०८३/ Monday 08-03-26
Paschim Today

काठमाडौं । मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भट्टराईलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो ।

सीआईबी स्रोतका अनुसार उनीविरुद्ध शाखा अधिकृत हुँदा तिब्बती शरणार्थीहरूलाई गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र जारी गरी मानव तस्करीको सञ्जाललाई सघाएको आरोप छ ।