डोटीमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

शुक्रबार भदौ ५, २०८३/ Friday 08-21-26
Paschim Today

डोटीः डोटीमा यात्रु बोकेको अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार घाइते भएका छन्। बिहीवार केआईसिंह गाउँपालिका–४ बास्कोट भन्ने ठाउँमा सुपप्र ०१००१ ह ८६८४ नम्बरको अटोरिक्सा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनमा परेर केआईसिंह गाउँपलिका–३ की ५५ वर्षीया लछु ऐरको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल, धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ। घाइते हुनेहरूमा केआईसिंह गाउँपालिका–३ देउकाँडाकी ३५ वर्षीया गौरीदेवी मल्ल, वासुदेवीकी ५५ वर्षीया हरिनादेवी बम, १५ वर्षीया चेतना ऐर र ४५ वर्षीया मातादेवी ऐर रहेका छन्।