बाढी प्रभावितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग
शुक्रबार भदौ १२, २०८३/ Friday 08-28-26
Paschim Today
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितहरुका लागि दुई करोड रुपियाँ सहयोग गर्ने भएको छ ।
आज विहान मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई करोड रुपियाँ सहयोग जम्मा गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले गोकर्णप्रसाद भट्टलाई नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी, सदस्यमा गंगादत्त जोशी र हिरा चन्दलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ । तत्कालीन सरकारको बहिर्गमनपछि नीति तथा योजना आयोग एक महिनादेखि पदाधिकारीविहीन रहेको छ ।






तपाईको प्रतिक्रिया