भोटेकोशी बाढीपीडितका लागि त्रिनगर माविले गर्यो ६६ हजार सहयोग
कैलाली। भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि कैलालीको धनगढीस्थित श्री त्रिनगर माध्यमिक विद्यालयले ६६ हजार ५ रुपैयाँ सहयोग गरेको छ।
विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीबाट स्वेच्छिक रूपमा चन्दा संकलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक भूपालसिंह खड्काका अनुसार बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत तथा आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले शिक्षक र विद्यार्थीबाट रकम संकलन गरिएको हो।
संकलित ६६ हजार ५ रुपैयाँ भदौ १७ गते लक्ष्मी सनराइज बैंक लिमिटेड, धनगढी शाखामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको विद्यालयले जनाएको छ।
बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै विद्यालयले विपद्का बेला पीडित परिवारलाई सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको जनाएको छ।








तपाईको प्रतिक्रिया