लेगोसमा एनआरएनए नाइजेरियासहितको सहकार्यमा रक्तदान कार्यक्रम

सोमबार असोज ५, २०८३/ Monday 09-21-26
Paschim Today

लेगोस, नाइजेरिया । नाइजेरियाको लेगोसमा गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियासहित विभिन्न संस्थाको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा १०० जनाभन्दा बढीले रक्तदान गरेका छन्।

रक्तदान गर्ने नेपाली रक्तदाताहरूमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वकोषाध्यक्ष हिक्मत थापा, सोमेश अर्याल, विदुर घिमिरे, त्रिभुवन झा, भरत रिजाल, खुश्बु घिमिरे, प्रेम रोका, जनक बिष्ट, सञ्जय दास, क्याप्टेन मनिष थापा, सुरज गिरी, सरोज सोनु, भीम थापा र राजु धिताललगायत रहेका थिए।

रक्तदान कार्यक्रमले आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगतको उपलब्धतामा सहयोग पुग्नुका साथै नाइजेरियन तथा आप्रवासी समुदायबीचको सहकार्य र मानवीय सेवाको भावना थप सुदृढ बनाउने आयोजकहरूले बताएका छन्।

रोटरी क्लब अफ लेगोस पाम ग्रुभको संयोजन तथा लेगोसस्थित भारतीय महावाणिज्यदूतावासको विशेष सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा एनआरएनए नाइजेरिया, महाराष्ट्र मण्डल नाइजेरिया र तेलुगु एसोसिएसन नाइजेरियाले सहकार्य गरेका थिए।

कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधि, स्वयंसेवक तथा रक्तदाताहरूको सहभागिता रहेको थियो।