कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक

सोमबार असोज १९, २०८३/ Monday 10-05-26
Paschim Today

काठमाडौं १९ असोज । काठमाडौंमा जारी कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आइतबार कार्यतालिका सार्वजनिक गरेको हो । 

कांग्रेस निर्वाचन तालिका अनुसार सोमबार मतदाता नामावली प्रकाशन, नामावली प्रकाशन उपर दाबी विरोध, दाबीविरोध उपर जाँचबुझ र अन्तिम नामावली प्रकाशन हुनेछ । यस्तै मंगलबार उम्मेदवारीका लागि दरखास्त/मनोनयन दर्ता, उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन, उम्मेदवारको दरखास्त दाबी विरोध, दाबी विरोध उपर जाँचबुझ र उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ । यस्तै बुधबार उम्मेदवारको नाम फिर्ता लिने/ उम्मेदवारी सच्याई पाउन निवदेशन दिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई प्रचार प्रसारको लागि समय प्रदान गरिनेछ । बिहीबार मतदानको कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।