सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड बजेट
आइतबार असोज २५, २०८३/ Sunday 10-11-26
Paschim Today
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालको सेवा र पूर्वाधार सुधारका लागि २५ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ।
सेतीको सेवा प्रवाहलाई प्रभावकारी बनाउन उक्त बजेट विनियोजन गरिएको हो।
आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री चक्र मल्लले अस्पताल सुधारका लागि २५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।


तपाईको प्रतिक्रिया