सुदूरपश्चिमका एमाले सांसद थापाले दिए राजीनामा
बुधबार असोज २८, २०८३/ Wednesday 10-14-26
Paschim Today
धनगढीः सुदूरपश्चिम प्रदेशसभाका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। पूर्वमन्त्रीसमेत रहेका उनले सभामुखसमक्ष राजीनामा बुझाएका हुन्। तर, उनको राजीनामा स्वीकृत भइसकेको छैन। बजेटप्रति असन्तुष्ट रहेका थापाले राजीनामा दिएको स्रोतले जनाएको छ। उनको राजीनामा स्वीकृत नगर्न केन्द्रका नेताहरूले दबाब दिइरहेको बताइएको छ।
सुदूरपश्चिम प्रदेशसभाबाट मंगलबार चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसकेको छ। बजेटमाथि छानबिन समिति गर्ने र पुरक बजेट ल्याउने सत्तारूढ दलबीच सहमति भएको छ।






तपाईको प्रतिक्रिया