कोप–३१ मा नेपालको प्रस्तुति न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्छ : पराजुली
काठमाडौं : संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले ‘कोप–३१’ मा नेपालको प्रस्तुति न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्ने बताएका छन्।
काठमाडौँमा बिहीबार आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संसदीय दलका उपनेतासमेत रहेका पराजुलीले कोप–३१ मा नेपालको उपस्थिति केवल पीडा र क्षतिको विवरणमा मात्र सीमित हुन नहुने बताए। उनले जलवायु वित्तमा सहज र प्रभावकारी पहुँच निर्माणका लागि दृढ पहलकदमी लिनुपर्नेमा जोड दिए। साथै, अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता जनाइएका रकम वास्तविक रूपमा प्रभावित समुदायसम्म पुगेरनपुगेको र त्यसको न्यायोचित वितरण भएरनभएको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने उनको भनाइ छ।
उनले अनुकूलन, हानि(नोक्सानीको सम्बोधन र पूर्वसूचना प्रणालीका लागि अनुदानमा आधारित सहयोगको माग स्पष्ट रूपमा राख्नुपर्ने धारणा व्यक्त गरे। पराजुलीले अत्याधुनिक प्रविधि हस्तान्तरण र स्थानीय तहसम्म कार्यान्वयनको क्षमता विकास गर्ने विषयलाई वार्ताको मुख्य एजेन्डा बनाइनुपर्ने उल्लेख गरे।
जलवायु संकटसँग जुध्न बाह्य सहयोग मात्र नभई आफ्नै आर्थिक सामर्थ्य बढाउने न्यायोचित अवसर पनि नेपालका लागि आवश्यक रहेको उनको भनाइ छ।







तपाईको प्रतिक्रिया