वाई-फाई नेपालको मोबाइल एप सार्वजनिक
मंगलबार मङ्सिर २, २०८३/ Tuesday 11-17-26
Paschim Today
काठमाडौं- इन्टरनेट सेवा प्रदायक कम्पनी वाई-फाई नेपालले ग्राहकको सहजताका लागि आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ।
कात्तिक ३० गते जारी विज्ञप्तिअनुसार यस एपमार्फत ग्राहकले इन्टरनेट सेवासँग जोडिएका विभिन्न सुविधा आफ्नै मोबाइलबाट सहजै प्रयोग तथा व्यवस्थापन गर्न सक्नेछन्।
कम्पनीका अनुसार ‘वाई-फाई नेपाल एप’ बाट ग्राहकले भुक्तानी विवरण हेर्न, वाई-फाईको नाम र पासवर्ड परिवर्तन गर्न, नेटवर्कमा जोडिएका उपकरणहरू जाँच गर्न र इन्टरनेट प्रयोगको विवरण थाहा पाउन सक्नेछन्।
यसका साथै नेटटिभी तथा राउटरसम्बन्धी जानकारी हेर्न र कुनै समस्या आएमा समाधानका लागि सपोर्ट टिकट पठाउने सुविधासमेत एपमा उपलब्ध छ।
सामान्य कामका लागि बारम्बार फोन गर्नुपर्ने झन्झट कम गर्दै जुनसुकै समयमा छिटो र सहज सेवा अनुभव प्रदान गर्ने उद्देश्यले एप सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।




2026-11-17-03-44-09.jpeg)


तपाईको प्रतिक्रिया