१०औं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मीको विजयी सुरुआत
काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको प्रतियोगितामा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
पहिले ब्याटिङ गरेको कोशीले दिएको ६६ रनको लक्ष्य आर्मीले १३.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । लक्ष्य पूरा गर्ने क्रममा आर्मीकी विन्दु रावलले २१, रुबी पोद्दारले १८, कविता कुँवरले १२, अञ्जली विश्वकर्माले ७ रनको योगदान गरे । कोशीका रुविना क्षेत्रीले ३ र अलिश खडियाले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कोशीकी रुविना क्षेत्रीले ३६ रन बनाउनुबाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । र, ६५ रनमै सीमित भएको थियो ।
कोशीलाई सस्तैमा समेट्ने क्रममा कोशीकी यमुना थारुले ४, मनीषा उपाध्यायले २ तथा कविता कुँवर, ईश्वरी विष्ट, लक्ष्मी साउद र संगीता गुरुङले एक/एक विकेट लिए ।







तपाईको प्रतिक्रिया