नेप्से परिसूचक ८.६६ अंकले बढ्यो,कारोबार रकम ६ अर्ब नाघ्यो
काठमाडौं : बुधबार नेप्से परिसूचक सकारात्मक देखिएको छ। नेप्से परिसूचक ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा अडिएको हो। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेको थियो। यसअघि सोमबार नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको थियो।
नेप्से बढेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा वृद्धि भएको छ। यसदिन ६ अर्बमाथिको कारोबार भएको छ। मंगलबार ५ अर्ब ५५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। बुधबार ३५६ वटा स्क्रिप्सको १ करोड ६५ लाख २३ हजार ९७४ कित्ता सेयर ६ अर्ब १४ करोड ६० लाख ४३ हजार ९०९ रुपैयाँमा खरिदबिक्री भए।
सेयर बजार एकल अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। मुक्तिनाथ कृषि कम्पनीको सेयर सर्वाधिक १०.९८ प्रतिशतले बढ्यो। हिमालयन उर्जा विकास कम्पनीको सेयर ८.६२ प्रतिशतले बढ्दा कालिका लघुवित्त वित्तीय संस्थाको सेयर ५.९६,मानुषी लघुवित्त वित्तीय संस्थाको ५.५७ र सनराइज ब्लुचिप फण्डको सेयर ५.३२ प्रतिशतले बढ्यो।
तीन समूहको उपसूचकबाहेक बाँकी समूहको उपसूचक सकारात्मक देखिएका छन्। होटल्स एण्ड टुरिजम,मनु एण्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचकबाहेक बाँकी समूहको उपसूचक सकारात्मक देखिएका हुन्।



.2026-11-25-03-26-36.jpeg)


तपाईको प्रतिक्रिया