Close This

गहुँको बीउ नपाउँदा किसानहरू मारमा

शुक्रबार कार्तिक ३०, २०७५/ Friday 11-16-18
Paschim Today

बझाङ, ३० कात्तिक । 
गहँु छर्ने समयमा गहुँको बीउ नपाउँदा बझाङको जयपृथ्वी नगरपालिका स्थित दर्जनौं गाउँका किसानहरू मारमा परेका छन् । 
जयपृथ्वी नगरपालिकाअन्तर्गतको कृषि विकास शाखाले गहुँको बीउ खरिद गर्ने जिम्मा लिएको भएता पनि पर्याप्त मात्रामा बीउ उपलब्ध गर्न नसक्दा स्थानीय किसानहरू मारमा परेका हुन् । 
गहुँको बीउ नपाउँदा जयपृथ्वी नगरपालिका कृषि शाखामा पुगेका कृषकहरू खाली हात घर फर्कन थलोका छन् । समयमै गहँुको बीउ नपाउँदा जयपृथ्वी नगरपालिका क्षेत्रअन्तर्गत पर्ने देवल जिउला, गोलाई जिउला, र सुवेडा जिउलामा रहेको खेतीयोग्य जमिनमा खेती हुन सकेको छैनन् । 
खेतमा गहुँ छर्ने समय सकिन थाल्दा समेत बीउ नपाएपछि स्थानीय कृषकहरू गहुँ उत्पादन घट्ने भन्दै चिन्तित भएका छन् । पहिलो पटक १०० क्विन्टल गहुँको बीउ खरिद गरी बिक्री वितरण गरेको र नाम दर्ता भएका किसानलाई मात्र बीउ उपलब्ध गराइएको जयपृथ्वी नगरपालिका कृषि विकास शाखाले जनाएको छ ।
यसअघि जयपृथ्वी नगरपालिकाअन्तर्गत कृषि शाखाले प्रतिकेजी २५ का दरले किसानलाई गहुँको बीउ बिक्री वितरण गर्दै आएको छ । कृषि विकास शाखाले सबै किसानहरूलाई समयमै गहुँको बीउ उपलब्ध गराउनु पर्ने स्थानीय कृषकले माग गर्दै आएका छन् ।