चोरी मुद्धामा फरार रहेका सुमन पक्राउ
शनिबार बैशाख १५, २०८१/ Saturday 04-27-24
Paschim Today
धनगढीः चोरी मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–३ का सुमन ताम्राकार शुक्रवार पक्राउ परेका हुन। सुमनलाई जिल्ला अदालत कैलालीले चोरी मुद्दामा ५ दिन कैद सजाय र १ लाख ५० हजार जरिवाना तोकेको थियो।
सजाय तोकेकै दिनबाट फरार रहेका उनलाई अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
तपाईको प्रतिक्रिया