Close This

मिस्टर एण्ड मिस नेशनलको फाइनलमा पुगे सुदूरपश्चिमका दीपक 

शनिबार बैशाख १५, २०८१/ Saturday 04-27-24
Paschim Today

धनगढी ।  मिस्टर एण्ड मिस नेशनल नेपाल २०२४ का प्रतिस्पर्धी सुदूरपश्चिमका दीपक जोशी कान्छा फाइनलमा प्रवेश गरेका छन् । इन्जिनियरिङ समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएका जोशी उपाधीकालागि अन्तिम चरणमा प्रवेश गरेका हुन  । फाइनलिस्टमा चयन भएपछि खुसी व्यक्त गर्दे आफूलाई हौसला दिने सबैलाई धन्यवाद दिएका छन् । प्रतियोगी नम्बर २ का रूपमा रहेका जोशीले उपाधिका लागि भोटिङ सुर भइसकेकाले सम्पूर्ण सुदुरपश्चिमेलीहरुलाई भोट गरी दिन समेत अपिल गरेका छन् 

'भोटिङ सुरु भइसकेको छ, त्यसैले मलाई सुरक्षित गर्नमा तपाईँहरूको सहयोगको अपेक्षा राखेको छु ।  ।  मतदानको चरण  जितेको खण्डमा मतदानको कुल संख्या गणना गरि त्यति संख्यामा रूखहरू रोप्ने तयारीमा छु । मलाई सबैले भोट गरिदिनु हुनेछ भन्ने विश्वास गरेको छु' उनले भने  ।

जोशी पेसाले इन्जिनियर हुन । उनले सिभिल इन्जिनियरिङ विषयमा स्नातक गरेका छन् । 

कसरी गर्ने भोट ?

१. khalti एप्लिकेशन डाउनलोड गर्नुहोस् ।

२. मतदान विकल्पहरूमा जानुहोस् ।

३. मिस्टर नेशनल नेपाल २०२४ चयन गर्नुहोस् ।

४. प्रतियोगी सङ्ख्या २ (दीपक जोशी कान्छा) चयन गर्नुहोस् ।

५. विकल्प चयन गरेर वा म्यानुअल नम्बर प्रविष्ट गरेर आफ्नो मत गर्नुहोस् ।