सुदूरपश्चिममा ८५ विद्यालयको नतिजा शून्य

बिहीबार असार २०, २०८१/ Thursday 07-04-24
Paschim Today

 माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सातै प्रदेशमध्ये सबैभन्दा कमजोर नतिजा आएको  सुदूरपश्चिमबाट ३१.३८ प्रतिशत मात्र उतीर्ण भएका छन् । प्रदेशका ८५ विद्यालयबाट एक जना विद्यार्थी पनि उतीर्ण हुन सकेनन् । अर्थात ती विद्यालयबाट परीक्षा दिने सबैको नतिजा एनजी (कक्षा ११ मा भर्ना हुन अयोग्य) आयो । 

सुदूरपश्चिमका ९ वटै जिल्लाबाट एक हजार १३२ विद्यालय एसईई परीक्षामा सहभागी भएकामा ८५ विद्यालयको नतिजा शून्य रहेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । बझाङबाहेक सबै जिल्लामा शून्य नतिजा ल्याउने विद्यालय छन् । सबैभन्दा धेरै डोटी र बैतडीबाट १८/१८ विद्यालयको नतिजा शून्य छ ।

कैलालीका १५, कञ्चनपुर र डडेलधुराका ८/८, दार्चुलाका ७, बाजुराका ६, अछामका ५ वटा विद्यालयको नतिजा शून्य छ । बझाङबाट भने ८६ विद्यालय एसईई परीक्षामा सहभागी भएकामा कुनै पनि विद्यालयको नतिजा शून्य नरहेको शिक्षा विकास निर्देशनालय दीपायलले जनाएको छ ।

सबैभन्दा बढी उतीर्ण दर पनि बझाङमै छ । बझाङमा ४८.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको निर्देशनालयले जनाएको छ । सबैभन्दा धेरै विद्यालयको नतिजा शून्य रहेको डोटीको सबैभन्दा नतिजा पनि सबैभन्दा कम छ । डोटीबाट कूल परीक्षार्थीमध्ये १७.४८ प्रतिशत मात्र उतीर्ण भएका छन् ।

बाजुराबाट एक सय विद्यालय एसईईमा सहभागी रहेकोमा ६ वटाको नतिजा शून्य रह्यो । खप्तड छेडदेह गाउँपालिकाका चार विद्यालय दशरथ, देवस्थली, जाल्पादेवी र सरस्वती माविबाट परीक्षामा सहभागी सबै विद्यार्थीको नतिजा एनजी छ । गौमुल गाउँपालिकाको मानाकोट मावि र बडिमालिका नगरपालिकाको नेरा माविका सबै विद्यालयको नतिजा एनजी छ ।

डोटी जिल्लाबाट पनि एक सय विद्यालय सहभागी रहेकोमा १८ विद्यालयको नतिजा शून्य छ । सबैभन्दा धेरै बोगटान फुड्सिल गाउँपालिकाका पाँच विद्यालय शिमचौर, कर्कटेश्वर, केदारआखडा, कानाचौर र भगतेश्वर माविको नतिजा शून्य रहेको छ । यस्तै केआईसिंह गाउँपालिकाका चार विद्यालय मोहन्यालमाडौं, देवस्थल, छत्रेश्वरी र भुवनेश्वरी माविका सबै विद्यार्थीको नतिजा शून्य आएको छ ।

बडिकेदार गाउँपालिकाका तीन विद्यालय दुर्गा, लक्ष्मी र जनता माविको नतिजा शून्य छ । पूर्वीचौकी गाउँपालिकाका नेत्रेश्वरी र भारतोली मावि, सायल गाउँपालिकाका छपाली र हिमालय मावि, जोरायल गाउँपालिकाको शिवपुर मावि र दीपायल सिलगढी नगरपालिकाको देवी माविको नतिजा शून्य छ ।

डडेलधुराबाट ७० विद्यालय परीक्षामा सहभागी भएकामा ८ वटा विद्यालयको नतिजा एनजी छ । जसअन्तर्गत परशुराम नगरपालिकाका भागेश्वर, कैलपाल र शिवपार्वती मावि, भागेश्वर गाउँपालिकाको पनि कैलपाल मावि, अजयमेरु गाउँपालिकाको बालकल्याण, गन्यापधुरा गाउँपालिकाको सिताराम, नवदुर्गाको भुवनेश्वरी र अमरगढी नगरपाकिलाको महेन्द्र माविको नतिजा शुन्य रहेको छ ।

कैलालीबाट २ सय ९७ विद्यालय सहभागी रहेकोमा १५ वटा विद्यालयको नतिजा शुन्य छ । सबैभन्दा धेरै भजनी नगरपालिकाका पाँच विद्यालय सरस्वती, महेन्द्र, राष्ट्रिय मावि महादेउली, राष्ट्रिय मावि घुसी र राष्ट्रिय मावि पल्टुपुर रहेका छन् । टीकापुर नगरपालिकाका तीन विद्यालय सगुन एकेडेमी, राष्ट्रिय र त्रिभुवन माविबाट परीक्षा दिएका सबैको नतिजा एनजी छ ।

मोहन्याल गाउँपालिकाका मोहन्याल र भैरवमाला मावि, चुरे गाउँपालिकाका जनता र भागवती मावि, गोदावरी नगरपालिकाका खुल्ला विद्यालय र दुर्गा मावि र कैलारी गाउँपालिकाको राष्ट्रिय माविको नतिजा शुन्य छ ।

कञ्चनपुरबाट दुई सय विद्यालय सहभागी रहेकोमा ८ वटा विद्यालयको नतिजा शून्य छ । भीमदत्त नगरपालिकाका लक्ष्मी र पञ्चकृत वैद्यनाथ मावि, लालझाडी गाउँपालिकाका सरस्वती र वैजनाथ मावि, बेदकोट नगरपालिकाको बालज्योति, शुक्लाफाँटा नगरपालिकाको असिग्राम, पुनर्वास नगरपालिकाको बालबागिश्वर मावि र बेलौरी नगरपालिकाको जनजमुना मावि रहेका छन् ।

अछामबाट ७० विद्यालय सहभागी रहेकामा ५ वटा विद्यालयको शुन्य रह्यो । जस अन्तर्गत पञ्चदेवल विनायक नगरपाकिाका चार वटा विद्यालयहरु अम्बिका, महेन्द्र, सरस्वती र गगुडाको नतिजा शुन्य छ भने साँफेबगर नगरपालिकाको हंशबाहिनी माविको नतिजा शून्य छ ।

दार्चुलाबाट ७६ वटा विद्यालय परीक्षामा सहभागी रहेकामा ७ वटा विद्यालयको नतिजा एनजी रहेको छ । जसअन्तर्गत लेकम गाउँपालिकाका हुनैनाथ र केदारनाथ मावि, मालिकार्जुन नगरपालिकाका अल्कापुरी र निलपातालेश्वर मावि, शैल्यशिखर नगरपालिकाका बद्रीनाथ र भूमिराज मावि र मार्मा गाउँपालिकाको सल्लेधार मावि रहेको छ ।

बैतडीबाट एक सय ३२ विद्यालय परीक्षामा सहभागी रहेकामा १८ विद्यालयको नतिजा एनजी आएको छ । जसअन्तर्गत सुर्नया गाउँपालिकाका राष्ट्रिय, नेरा, सिगास, केदार, कैलपाल र उदयदेव माविका सबै परीक्षार्थीको नतिजा एनजी छ । दशरथचन्द नगरपालिकाका सरस्वती संस्कृत, शोभा, गुरुकूल र कैलपालेश्वर माविको नतिजा शून्य छ । मैलौली नगरपालिकाको केदारेश्वर, सुदर्शन र भरतपुर मावि, दोगडाकेदार गाउँपालिकाको रौलेश्वर र चनैराज मावि, पाटन नगरपालिकाको निलपलेश्वर मावि, सिगास गाउँपालिकाको भूमिराज मावि र पञ्चेश्वर नगरपालिकाको देवथला माविका सबै विद्यार्थीको नतिजा एनजी छ ।

बैतडीको सूर्नया गाउँपालिकामा १२ मावि मध्ये ६ वटाको नतिजा शून्य हुनुमा गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवर विविध कारण रहेको बताउँछन्