बैतडीको ऐरीगाउँ केन्द्रबिन्दु भएर गयो भूकम्प

आइतबार कार्तिक ९, २०८३/ Sunday 10-25-26
Paschim Today

काठमाडौँ। बैतडीको ऐरीगाउँ (अरिगाउँ) आसपासलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा उक्त भूकम्प रेकर्ड गरिएको हो।   

अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर गएको यस भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा महसुस गरिएको थियो।