सुन गाल्ने कारखानामा प्रहरीको छापा, मेसिन र ५० लाख नगदसहित ५ जना पक्राउ

शुक्रबार असार २१, २०८१/ Friday 07-05-24
Paschim Today

काठमाडौं । प्रहरीले ललितपुरस्थित ताछीखेलमा रहेको एउटा सुन गाल्ने उद्योगमा छापा मारेको छ । छापा मार्दा प्रहरीले सुन, सुन गाल्ने मेसिन र नगद ५० लाखसहित पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको महाराष्ट्र आडवारी थाना घर भइ ललितपुरको ताछीखेल बस्दै आएका युवराज विभुते, विक्रम यलवर, अभिषेख विभुते, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवाका सिद्धान्त चौलागाईं र ललितपुरकै महालक्ष्मी नगरपालिका–८ का यसवन्त सुनार रहेका छन् ।

उनीहरूबाट १६९ ग्राम ९७० मिलिग्राम सुन, २४७ ग्राम २५० मिलिग्राम चाँदी, ५० लाख ४ हजार ७३० नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मेसिन, बैंकमा नगद जम्मा गरेको भौचर बरामद भएको प्रहरीले जनाएको छ ।