नेप्सेमा २२.०४ अंकको वृद्धि
बुधबार असार २५, २०८२/ Wednesday 07-09-25
Paschim Today

काठमाडौं- साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २२.०४ अंकले बढेर २७०५.९० को विन्दुमा आइपुगेको छ ।
नेप्सेमा यसदिन ३१६ कम्पनीको १ करोड १५ लाख २२ हजार ९ सय ७० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।
आज बरुण हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ६.२१ प्रतिशतका दरले कमाएका छन् । यस्तै, पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले ४.२८ प्रतिशतका दरले कमाएका छन् ।
यस दिन राधि विद्युत कम्पनीको सर्वाधिक ४६ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा बुटवल पावर कम्पनीको ३६ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सर्वाधिक गुमाउनेमा आज ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ४.४१ प्रतिशतका दरले गुमाएका हुन् ।
तपाईको प्रतिक्रिया