बाढीमा ज्यान गुमाएका तीन किशोरीको अन्त्येष्टि, क्षतिपूर्ति उपलब्ध गराउने मुख्यमन्त्रीको आश्वासन

बुधबार असार २६, २०८१/ Wednesday 07-10-24
Paschim Today

कञ्चनपुर । बाढीमा ज्यान गुमाएका पुनर्वास नगरपालिकाका तीन किशोरीको सामूहिक दाहसंस्कार गरिएको छ । 

 

 

 तीनैजनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिए । “पोष्टमार्टमपछि आज दाहसंस्कार गरिएको छ । पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल भइरहेको छ,” वडाध्यक्ष रोकायाले भने ।

सोमबार दिउँसो पुनर्वास नगरपालिका–५ गाउँका १६ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटी र १३ वर्षीय आरती बोगटीको रातोखालीस्थित डुबानमा परेर निधन भएको थियो । 

दाहसंस्कारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी पनि सहभागी थिए । उनले पीडित परिवारलाई भेटेर संवेदना प्रकट गर्दै सान्त्वना दिए । त्यस क्रममा मुख्यमन्त्री सोडारीले पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।