विद्यालय जान बिहान घरबाट निस्किएकी निरुपा सम्पर्क बिहीन 

आइतबार बैशाख २१, २०८२/ Sunday 05-04-25
Paschim Today

धनगढी, २१ बैशाख ।
जेसिज एभरेष्ट ईंगलिस स्कुल धनगढीमा कक्षा ३ मा अध्ययनरत सात वर्षीया निरुपा ओझा आज विहानदेखि हराएकी छन् ।

सन्तोषीटोल चौकस्थित भुवनेश्वरी मन्दिर अगाडिबाट बस चढेर हरेक बिहान विद्यालय जाने गरेकी निरुपा आज भने विद्यालय पुगिनन् । 

धनगढी उपमहानगरपालिका २ सन्तोषीटोलस्थित घरबाट बिहान ६ बजे विद्यालय जान निस्किएकी निरुपा विद्यालय नपुगेकी उनकी आमा रुपा ओझाले बताईन् । 

निरुपाको खोजीका लागि परिवारजनले प्रहरीलाई आग्रह गरेका छन् । 

निरुपालाई कसैले देख्नु वा भेट्नु भएमा नजिकको प्रहरी कार्यालय, विद्यालय वा परिवारजनलाई खवर गरिदिन ओझाले आग्रह गरिन् ।