पाँच घण्टापछि सकुशल भेटिईन सात वर्षीया निरुपा
आइतबार बैशाख २१, २०८२/ Sunday 05-04-25
Paschim Today

धनगढी, २१ बैशाख ।
विद्यालय जाने क्रममा हराएकी सात वर्षीया निरुपा ओझा पाँच घण्टापछि धनगढी बसपार्कस्थित मल्ल आयल स्टोरमा भेटिएकी छन् ।
जेसिज एभरेष्ट ईंगलिस स्कुल धनगढीमा कक्षा ३ मा अध्ययनरत सात वर्षीया निरुपा धनगढी उपमहानगरपालिका २ सन्तोषीटोलस्थित घरबाट बिहान ६ बजे विद्यालय जान निस्किएकी थिईन ।
सन्तोषीटोल चौकस्थित भुवनेश्वरी मन्दिर अगाडिबाट बस चढेर हरेक बिहान विद्यालय जाने गरेकी निरुपा विद्यालय नपुगेपछि परिवारजनले खोजीका लागि प्रहरीलाई आग्रह गरेका थिए।
निरुपा हराएको पाँच घण्टापछि मल्ल आयल स्टोरमा सकुशल भेटिएकी हुन् । सामाजिक सञ्जालमा निरुपा हराएको खवर फैलिएपछि उनका बारेमा सूचना पाएका व्यक्तिले परिवारलाई उनी भेटिएको जानकारी दिएका थिए ।
तपाईको प्रतिक्रिया