हाईसको ठक्करबाट मोटरसाईकल चालक कडायतको मृत्यु

सोमबार बैशाख २९, २०८२/ Monday 05-12-25
Paschim Today

धनगढी ।  कैलालीमा सोमबार मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भको छ । मृत्यु हुने  गौरिगंगा नगरपालिका वडा नम्बर–११ का ४५ बर्षीय नरबहादुर कडायत रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्र्तगत घोडाघोडी नगरपालिका वडा नम्बर–२ साँडेपानीमा दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरिक्षक रमेशदत्त अवस्थिले पश्चिमबाट गईरहेको ०१–००६ख ७१५० नम्बर हाईसले र पूर्वबाट आईरहेको से ७ प ७३७२ नम्बर मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक कडायत सख्त घाईते भई घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

हाईस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाइएको छ ।