धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु
सोमबार बैशाख २९, २०८२/ Monday 05-12-25
Paschim Today

धनगढी : कैलालीको धनगढीका एक युवकको भारतमा स्कुटर दुर्घटना हुँदा मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–६ मटियारीका अभिषेक शाहीको भारतको पलिया जाँदै गर्दा स्कुटर दुर्घटनामा मृत्यु भएको हो।
भारतको लखिमपुर जिल्लाको दुधुवा नेश्नल पार्क सडक खण्डमा स्कुटर अनियन्त्रित भएर दुघटना भएको प्रहरीले बताएको छ। उनको साथमा रहेका एक युवक घाइते भएका छन्। उनको घनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ।
तपाईको प्रतिक्रिया