भारतको उत्तरपूर्वी राज्यमा बाढीको कहर : ३४ जनाको मृत्यु, हजारौं प्रभावित
मंगलबार जेठ २१, २०८२/ Tuesday 06-03-25
Paschim Today

एजेन्सी : भारतका उत्तरपूर्वी राज्यहरूमा आएको बाढीको प्रकोप जारी छ। बाढीका कारण अहिलेसम्म ३४ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
बाढीले सिक्किममा हजारौं पर्यटक फसेका छन् भने मेघालयमा पनि बाढीले करिब ५०० जना फसेको रिपोर्ट छ। यहाँ मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न भारतीय सेनाको उद्धार टोली खटिएको छ।
बाढीमा फसेका मानिसहरूको उद्धारका लागि विभिन्न सरकारी निकायहरू परिचालन भएका छन्। विशेषगरी मणिपुरमा राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ), राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ), मणिपुर अग्निशमन सेवा र आसाम राइफल्सले उद्धार कार्य गरिरहेका छन्।
समाचार संस्था पीटीआईका अनुसार, मणिपुरमा मात्र बाढीबाट ५६ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् बाढीले यहाँ १० हजारभन्दा धेरै घरहरू ध्वस्त पारेको छ।
तपाईको प्रतिक्रिया