हङकङमा नेपाली फुटबल टोलीको स्वागत

बुधबार जेठ २२, २०८२/ Wednesday 06-04-25
Paschim Today

काठमाडौं । हङकङस्थित नेपाली महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यसँग भेटघाट गरेका छन् ।

बुधबार काउलुन इष्टमा भएको भेटका क्रममा महावाणिज्यदूत डा. लेखकले खेलाडीहरूलाई भेटेर हङकङसँगको मैत्रीपूर्ण खेलका लागि शुभकामना दिए । 

केही साताअघि मात्र जिम्मेवारीवहन गरेको बताउँदै महावाणिज्यदूत डा. लेखकले राष्ट्रिय टोलीलाई स्वागत गरिरहँदा उत्साहित भएको उल्लेख गरे । नेपाली टोलीले बिहीबार हङकङस्थित स्टेडियममा स्थानीय समयअनुसार राति ८ बजे मैत्रीपूर्ण खेल खेल्नेछ ।