प्रतिनिधिसभाको बैठक २ बजेबजेसम्मका लागि सारियो
मंगलबार जेठ २१, २०८२/ Tuesday 06-03-25
Paschim Today

काठ्माण्डौँ- प्रतिनिधिसभाको आजको बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको छ। बिहान ११ बजेका लागि तय गरिएको बैठक बस्नै नपाई सारिएको हो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएको विपक्षी दलहरूको अडानबीच सभामुख र प्रमुख सचेतकहरूको बैठक सकारात्मक रूपमा टुंगिएपछि बैठक केही समयका लागि धकेलिएको हो।
दनको अवरोध हटाउन भएको छलफलमा विपक्षी दलहरू गृहमन्त्रीलाई बोल्न दिने तयार भएका छन्। गृहमन्त्री लेखकको जवाफपछि चित्त बुझ्ने हो भने दलीय रूपमा धारणा राख्दै सदन अघि बढाउने सहमति भएको हो।
तपाईको प्रतिक्रिया