कैलालीमा छ महिनामा एक सय ९१ मानव अधिकार उल्ङ्घनका घटना

सोमबार असार ९, २०८२/ Monday 06-23-25
Paschim Today

कैलाली । कैलालीमा छ महिनामा मानव अधिकार उल्ङ्घनका एक सय ९१ घटना दर्ता भएका छन ।  जसमधये १ सय ५३ महिला, ३० बालिका र आठजना पुरुष गरी १सय ९१ जनामध्ये राज्य पक्षबाट दुई महिला सहित चार जना पिडित भएको इनसेकको अभिलेखमा उल्लेख गरिएको छ । 

पछिललो ६ महिनाको अवधिमा महिला अधिकारबाट १  सय ५३ जना पीडित भएका, जसमध्ये घरेलु हिसांबाट १सय २६, बलत्कारबाट १८ जना, छाउगोठमा घाइते एक जना प्रहरीबाट र्दुव्यवहार एक जना जातिय विभेदबाट एक जना र प्रहरीको कुटपिटबाट एक जना पीडित भएको इन्सेकले आफ्नो अभिलेखमा उल्लेख गरेको छ । यस अवधिमा बाल अधिकारबाट ३० जना पीडित भएका छन ् जसमध्ये बलत्कारबाट
२१,यौनर्दुव्यपहारबाट ६, बलत्कार प्रयासबाट दुई र बेचविखनबाट एक जना पीडित भएको अभिलेखमो बताइएको छ । 

यस्तै गैरपक्षबाट यस अवधिमा आठ जना पुरुष पीडित भएका छन् , जसमध्ये एक जना पत्रकारलाइ धम्की, एक जना डाक्टरलाइ कुटपीट, एक जना कार्यालय प्रमुखलाइ कुटपीट, एक जनालाई मुसो दलेर र्दुवयवहार, एक जना जातीय बिभेद, एक जना बालक घाइते, एक जनाको हत्या गरिएको र कारागारमा राखिएका एक जना कैदीको उपचारको क्रममा मृत्यु भएको अभिलेखमा उल्लेख गरिएको छ । 

मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले इन्सेक कार्यालय धनगढीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पुर्व अर्ध वार्षिक  समीक्षाा कार्यक्रमा अभिअ‍ेखबारे जानकारी गराइएको थियो ।