माधव नेपालको बयान सकियो

बुधबार असार ११, २०८२/ Wednesday 06-25-25
Paschim Today

काठमाडौं । विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको छ । पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले हालेको मुद्दामा उनले बयान दिएका हुन् ।

बयानपछि थुनछेक बहस सुरु भएको छ । थुनछेक बहसमा नेपालका तर्फबाट बहस गर्न वकिलहरुको लामो पंक्ति तयार भएको छ । वरिष्ठ अधिवक्ता नै डेढ दर्जन जति छन् ।

शम्भु थापा, गोविन्द बन्दी, टीकाराम भट्टराईसहितका वरिष्ठ अधिवक्ताले सुरुवाती बहस गर्ने भएका छन् । नेपाल पक्षका अधिवक्ता नारायण देवकोटाका अनुसार करिब १५० अधिवक्ताले वकालतनामा लिएका छन् ।