कैलालीका १३ स्थानीय तहको बजेट १३ अर्ब २६ करोड

बुधबार असार ११, २०८२/ Wednesday 06-25-25
Paschim Today

धनगढी : कैलालीका १३ स्थानीय तहले १३ अर्ब २६ करोड १४ लाख रुपियाँको बजेट ल्याएका छन्। जिल्लाका सबै स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि आफ्नो पालिकाको बजेट सार्वजनिक गरेका हुन्।

सार्वजनिक गरेका बजेट सभाबाट पारितसमेत भइसकेका छन्। जिल्लाको विकट मोहन्याल गाउँपालिकाको बजेट असार ८ गते पारित भइसकेको गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले बताए। मोहन्यालले ६१ करोड ५० लाख रुपियाँको बजेट प्रस्तुत गरेको हो। धनगढी उपमहानगरपालिकाले दुई अर्ब ५६ करोड ५६ लाख रुपियाँको बजेट ल्याएको छ। यसैगरी, सबैभन्दा कम चुरे गाउँपालिकाले ५२ करोड ८७ लाख ९७ हजार रुपियाँको बजेट सभामा प्रस्तुत गरेको छ।

टीकापुर नगरपालिकाले ९३ करोड ३७ लाख रुपियाँको बजेट सभामा प्रस्तुत गरेको छ। गोदावरी नगरपालिकाको बजेट एक अर्ब १८ करोड ४५ लाख रुपियाँ बराबरको रहेको छ। कैलारी गाउँपालिकाको बजेट ७२ करोड २५ लाख रुपियाँ रहेको छ। जोशीपुर गाउँपालिकाले ८३ करोड ८६ लाख ५९ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ।

जानकी गाउँपालिकाको बजेट ९१ करोड ३७ लाख रुपियाँ रहेको छ। यसैगरी, लम्कीचुहा नगरपालिकाको बजेट एक अर्ब २० करोड ९९ लाख रुपियाँ रहेको छ। यी दुइटै पालिकाले जिल्लामै सबैभन्दा अगाडि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए। बर्दगोरिया गाउँपालिकाले एक अर्ब दुई करोड ९१ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ। गौरीगङ्गा नगरपालिकाले एक अर्ब एक करोड ७६ लाख, घोडाघोडी नगरपालिकाले एक अर्ब एक करोड ४० लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ। भजनी नगरपालिकाले ६८ करोड ७३ लाख ६५ हजार रुपियाँ बजेट रहेको छ।