धनगढीमा मोटरसाईकल दुर्घटनामा एक युवकको मृत्यु

शनिबार असार १४, २०८२/ Saturday 06-28-25
Paschim Today

धनगढी,१४ असार ।
धनगढीमा मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-धनगढीमा मोटरसाईकल दुर्घटनामा एक युवकको मृत्यु१२ जुगेडाका रवीन्द्र सिंह रहेका छन् । ।

मोटरसाईकल दुर्घटनामा परी गम्भीर घाईते भएका सिंहको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका-१२ जुगेडा कम्पनी टोलमा शुक्रवार राति करीव १ बजे सिंहले चलाएको सुपप्र ०१००९ प ७७८४ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर नालामा खसेको थियो ।

नालामा मोटरसाईकल सहित खसेर घाईते भएका सिंहलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । उपचारका क्रममा सिंहको निधन भएको हो ।

मृतक सिंहको शव पोष्टमार्टमपछि परिवारलाई बुझाईने प्रहरीले जनाएको छ ।