धनगढीमा लागुऔषधसहित एक किशोर पक्राउ

शनिबार असार १४, २०८२/ Saturday 06-28-25
Paschim Today

धनगढी: कैलालीको धनगढीबाट लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट १८ वर्षीय किशोर लागुऔषधसहित पक्राउ परेका हुन्।

प्रहरीले उनको साथबाट एक ग्राम ७१० मिलिग्राम लागुऔषध फेला पारेको छ। प्रहरी चौकी कैलाली गाउँको टोलीले उनलाई पक्राउ परेको हो। घटनाका विषयमा प्रहरीले थप अनुसन्धान जारी रहेको बताएको छ।