मदन भण्डारीलाई पनि सहकारी ठग भनियो, चारवटा श्रीमती राखेका छन् भनियो : प्रधानमन्त्री ओली
शनिबार असार १४, २०८२/ Saturday 06-28-25
Paschim Today

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीलाई पनि फुत्त दुलोबाट निस्केको भनेर आलोचना गरिएको बताएका छन् ।
भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले काठमाडाैंमा आयोजना गरेको ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै ओलीले सहकारी ठगसँगै चारवटा श्रीमती राखेको भनेर पनि कुप्रचार गरिएको बताए ।
'मदन भण्डारी फुत्त दुलोबाट निस्केको नेता होइन । उहाँले सांगठनिक विस्तारको काम गरिसक्नुभएको थियो', ओलीले भने ।यस्ता कुप्रचारहरूको सामना गर्दै एमाले यहाँसम्म आइपुगेको ओलीले बताए ।
उनले महाकाली बेचेको भनेर आरोप लगाइए पनि महाकाली सन्धि देशको हितमा रहेको बताए । ओलीको सम्बोधन जारी छ ।
तपाईको प्रतिक्रिया