धनगढीमा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
बुधबार असार १८, २०८२/ Wednesday 07-02-25
Paschim Today

धनगढी, १७ असार ।
धनगढी उपमहानगरपालिका–१२ सि गाउँमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।
मंगलबार साँझ करिब ९ बजे ८ वर्षीय सिदार्थ श्रेष्ठ खेल्ने क्रममा खाल्डोमा डुबेर गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामा भेटिएका श्रेष्ठलाई उपचारका लागि तत्काल सेती प्रादेशिक अस्पताल, धनगढी ल्याइएको थियो। तर, उपचारकै क्रममा साँझ ९:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
मृतकको शव अहिले सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया