एलिनाबारे अभद्र टिप्पणी गरेपछि हिरासतमा पुर्‍यायो कविलाई

बिहीबार असार १९, २०८२/ Thursday 07-03-25
Paschim Today

काठमाडौं- गायिका एलिना चौहानबारेमा सामाजिक सञ्जालमै अभद्र टिप्पणी गरेपछि एकजना कविले हिरासतमा पुग्नु परेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले एलिनाको उजुरीका आधारमा कवि गुञ्जन राईलाई ललितपुरबाट बिहीबार पक्राउ गरि हिरासतमा लिएको हो ।

गुञ्जन इलाम निवासी कवि हुन् । उनी नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न राष्ट्रिय कविता महोत्सवको शीर्ष २५ कविको सूचीमा परेका थिए ।

‘हेत्छाकुप्पा र जीवनको रुख’ शीर्षकको कवितामार्फत् शीर्ष २५ मा परेका उनले प्रतिष्ठालाई समेत आफ्नो घर चितवन भनेर ढाँटेको खुलेको छ ।

उनै कवि गुञ्जनले गायिकाद्वय एलिना र समीक्षा अधिकारीबारे आपत्तिजनक टिप्पणी गरेपछि साइबर ब्यूरोमा उजुरी परेको थियो ।

एलिनाले साइबर ब्यूरोमा दिएको जाहेरीका आधारमा प्रहरीले गुञ्जनलाई नियन्त्रणमा लिएको हो । राईलाई बिहीबार नै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर म्याद लिइँदैछ ।