गोदावरी नदीमा महिलाको शव फेला

बुधबार असार २५, २०८२/ Wednesday 07-09-25
Paschim Today

धनगढीः कैलालीको गोदावरी नदीमा एक महिलाको शव फेला परेको छ। गोदावरी नगरपालिका–२ मा गोदावरी नदी किनारामा बेवारिसे महिलाको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका का अनुसार अन्दाजी ६० वर्षीय महिलाको शव फेला परेको बताए। उनले महिलाको शरीरमा धेरै चोटपटक पनि नभएकाले नजिकैबाट नदीमा बगेर मृत्यु हुन सक्ने बताए। घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।