धनगढीकी एक महिला एक हप्तादेखि सम्पर्क विहीन

बुधबार श्रावण ८, २०८२/ Wednesday 07-23-25
Paschim Today

कैलाली : धनगढीकी एक महिला घरबाट छोरी सहित सम्पर्क विहीन भएकी छन्। धनगढी उप‐महानगरपालिका–७ मनेहरा सिमलटोलकी २० वर्षीया रुधरानी चौधरी आफ्नो पाँच वर्षीकी छोरीसहित एक हप्तादेखि सम्पर्क विहीन भएको उनको परिवारले जनाएको छ।

 रुधरानीकी आमा आरती चौधरीले लामो समयदेखि छोरीले घरमा श्रीमानबाट शारीरिक र मानसिक यातना खेप्दै आएको बताईन् । उनको पाँच वर्ष अघि कैलालीको भजनीका घनश्याम चौधरीसँग प्रेम विवाह भएको थियो।

 

रुधरानीले एक महिना अघि माईत आएर श्रीमानले यातना दिने गरेको बताएकी थिइन। तर, घरका मान्छे आएर जबरजस्ती लगेको र बेला-बेलामा धम्की दिने गरेको समेत उनकी आमाले बताईन।

रुधरानीले छोरीको जन्मदर्ता र आफ्नो नागरिकता समेत साथमै लगेको र छोरी हराएकोबारे प्रहरीमा उजुरी पनि दिएको उनले बताइन्। उनी गत बिहिवारबाट सम्पर्क विहीन भएकी हुन्। उनले ९८१२६२८३२९ मा रुधरानी चौधरीलाई देख्नेलाई सम्पर्क गर्न आग्रह गरेकी छन्।