पहिरो पन्छाएपछि केआई सिंह राजमार्ग पुनः सञ्चालनमा

बिहीबार श्रावण ९, २०८२/ Thursday 07-24-25
Paschim Today

धनगढी । डडेलधुराको गन्यापधुरा गाउँपालिका–२, रडुवामा पहिरो खस्दा अवरुद्ध भएको डडेलधुरा–दिपायल–बाजुरा–अछाम जोड्ने केआई सिंह राजमार्ग पुन सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै बिहानबाट राजमार्ग सञ्चालनमा आएको हो ।

 

जिल्ला प्रहरी कार्यालय, डडेलधुराका अनुसार रडुवा स्थित खोलामा पहिरो खसेका कारण राजमार्गमा गएरातिदेखि सवारी आवतजावत पूर्ण रूपमा बन्द भएको थियो ।

पहिरो पन्छाएसँगै अलपत्र सवारीसाधन तथा यात्रुहरू गन्तव्यतर्फ लागेका छन् ।