मदन भण्डारी फाउन्डेसन कैलाली जिल्ला कमिटीको सचिवालय बैठक सम्पन्न, विभिन्न संयन्त्र गठन गर्दै कार्ययोजना सार्वजनिक

सुखड, घोडाघोडी ।
मदन भण्डारी फाउन्डेसन कैलाली जिल्ला कमिटीको सचिवालय बैठक घोडाघोडी नगरपालिका–सुखडमा सम्पन्न भएको छ। फाउन्डेसनका जिल्ला अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा बसेको बैठकले आगामी वर्षका लागि महत्वपूर्ण कार्ययोजना तर्जुमा गर्दै विभिन्न संयन्त्र गठन गर्ने निर्णय गरेको छ।
बैठकले मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयोजकमा कमल न्यौपाने, सह–संयोजकमा पूर्णराज जोशी तथा सदस्यमा करण परियार रहेको तीन सदस्यीय आयोजक समिति गठन गर्ने निर्णय गर्यो।
त्यस्तै, मदन भण्डारी बौद्धिक मञ्चको संयोजकमा रघुनाथ जोशी, सह–संयोजकमा धनराज अवस्थी तथा सदस्यमा हिरालाल गिरी रहेको तीन सदस्यीय समिति पनि गठन गरिएको छ।साथै बैठकले मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको गठन गर्ने निर्णय पनि गरेको छ।
यी संरचनाहरू मार्फत जिल्लाव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन, जनताको बहुदलीय जनवाद (जबज)को व्यापक प्रचार प्रसार अभियान सञ्चालन गर्ने, सांगठनिक सशक्तिकरण गर्ने लगायतका कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता बैठकले जनाएको छ।बैठक उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
बैठक समापनपश्चात् घोडाघोडी नगर कमिटीद्वारा आयोजित खिर खाने कार्यक्रममा फाउन्डेसनका पदाधिकारी, सदस्य, पालिका कमिटी अध्यक्षहरू तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव मीनबहादुर रावलले गर्नुभएको थियो।
तपाईको प्रतिक्रिया