रवि लामिछानेसँग भेटघाट बन्द

सोमबार भदौ २३, २०८२/ Monday 09-08-25
Paschim Today

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आजदेखि भेटघाट बन्द भएको छ । पार्टीका सहप्रवक्ता एवं सांसद मनिष झा लामिछानेसँग भेट्न जाँदै थिए । 

झाले भने, “मेरो सभापतिसँग भेट्ने समय तय भएको थियो । तर, एकाएक जेल प्रशासनले आजदेखि भेटघाट बन्द भएको जानकारी गरायो ।” लामिछाने सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा नख्खु कारागार, ललितपुरमा बन्दी छन् ।